अमेरिकाको ताइवान भ्रमण र चासोलाई बन्द गर्न चीनको चेतावनी
चीनसँग सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले ताइवानमाथि चासो दिन थालेको छ । पछिल्लो समय ताइवानमा अमेरिकी विदेश मन्त्रालयका उच्च कूटनीतिज्ञको भ्रमणसमेत भएको छ । चीनले अमेरिकी भ्रमणलाई रोक्न ताइवानको टापुमा सैन्य अभ्यास पनि गरेको थियो । अमेरिकी भ्रमणका विषयमा चीनले अमेरिकालाई ताइवानमाथि चासो राख्न बन्द गर्नसमेत चीनले चेतावनी दिएको थियो ।
अमेरिकी उप-विदेशमन्त्रीको ताइवान भ्रमणका विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेस सम्मेलनमा अमेरिकी पक्षलाई एक-चीन सिद्धान्तको पालना गर्न चीन आग्रह गर्द्छ । अमेरिकाले एक चीन नीति अवलम्बन गरेकोले त्यसको पालना गर्न चीनले अमेरिकालाई आग्रह गरेको हो ।
उनले चीनको तीन अमेरिका-चीन प्रावधानमाथि जोड दिँदै ताइवान सामुद्रिक सम्बन्धलाई गम्भीर क्षतिबाट जोगाउन संयुक्त राज्य अमेरिका र ताइवानबीच सबै प्रकारका आधिकारिक आदानप्रदान रोक्न चेतावनी दिएका छन् । प्रवक्ता वेनबिनले चीनले संयुक्त राज्य अमेरिका र ताइवान बीचको आधिकारिक आदानप्रदानको कडाईका साथ विरोध गर्ने र यो स्थिति सुसंगत र स्पष्ट हुन पनि आग्रह गरेका छन् ।
अमेरिकी विदेश विभागले पछि युएस-ताइवान द्विपक्षीय आर्थिक र वाणिज्य संवादको घोषणा गरेको छ । मिडिया रिपोर्टका अनुसार किथ क्राच १७ देखि १९ सेप्टेम्बरमा ताइवान ताइवानको अमेरिकी आर्थिक र व्यापार सम्वाद आयोजना गरेका थिए ।