‘डा. केसीले नन्दप्रसाद अधिकारीको नियति भोग्नु नपरोस’
मौलिक जरोकिलो पार्टीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
प्रवक्ता लक्ष्मण पोखरेलले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १९औं पटक अनसन वसेका वरिष्ठ चिकित्सक डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको उल्लेख गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्।
डा. केसी पटक–पटक अनसन वस्ने, सरोकारवाला निकाय माग पुरा गर्न सहमत पनि हुने तर माग पुरा नहुने खेल पटक–पटक दोहोरिनु लज्जास्पद विषय भएको पार्टीको ठहर गरेको छ ।
छोराका हत्यारालाई कारवाही गर्न माग गर्दै अनसन वसेका नन्दप्रसाद अधिकारीलाई सरकारले मर्नकै लागि छोडि दिएको प्रसंग उल्लेख गर्दै डा. केसीको हकमा पनि सोहि नियती दोहोरीन सक्ने चिन्ता ब्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘यस अघि छोराको हत्यारालाई सजायको माग गर्दै अनसन वसेका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको र डा. गोविन्द केसीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउनसक्ने देखिएकोले तत्काल जीवन रक्षा लागि पहल गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग माग गर्दछ।’