यस वर्षको टिकाः घरमै बसौं, पाहुना नलागौं
विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गर्नु परिरहेको प्रतिकूल परिस्थितिमा नेपालीहरुको महान पर्व वडा दशैं मनाईदैछ।
नेपालमा मनाइने सबै खाले चाड पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गरिरहेको छ। तर, कोरानाको महामारीका कारण यसवर्षको दशैं विगत वर्षहरुको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था भने छैन।
यो प्रतिकुल अवस्थामा आइपुगेको बडा दसैं मनाउँदा स्वास्थ्य मापदण्डलाई ख्याल गर्न सरकारले पनि आग्रह गरिरहेको छ ।
चाडवाडका कारण कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सरकारको आग्रह छ । यस्तो प्रतिकुल अवस्थामा कसरी मनाउँने त दशैं ? विशेषगरी टिकाको समयमा ध्यान दिनु पर्ने विज्ञका यस्ता छन् सुझावः
यसरी मनाउने दशैं
- घरैमा बस्ने, पाहुना नलाग्ने।
- स्वास्थयमा विशेष ध्यान दिने।
- आफन्तसङ्ग प्रबिधिको प्रयोग गरी आशिर्वाद लिने/दिने।
- पाहुना आइहाले सुरक्षा को मापदण्ड बनाउने।
- बृद्धहरुलाई टिकालगाउन नलगाउने, परैबाट आशिर्वाद दिने/लिने। सम्भाव भए अन्य स्वस्थ मानिसले टिका लगाइ दिने ।
- ज्यान रहे दशैं अर्को साल मनाउदा पनि हुन्छ, अहिलेलाई अन्य बैकल्पिक तरिकाले मनाउने।