कोरोनाका कारण नेकपाका नेता एवं संविधान सभा सदस्यको मृत्यु
नेकपाका नेता एवम् संविधान सभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उनको मंगलवार सवा १ वजे मृत्यु भएको हो । आईसियुमा राखेर उपचार गराईरहेका वेला उनको मृत्यु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताले जानकारी दिए।
सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
करिव १०/१२ दिनदेखि ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत कार्तिक १ गते स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि कार्तिक २ गते राती करिव ९ वजे धरान रेफर गरिएको थियो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोहि दिन राती करिव १२ वजे उनको स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । सोहि दिनदेखि धरानमै उपचारत चौधरीको मृत्युको सुचना आएको गुप्ताले वताए । उनी डाईविटिजका दिर्घरोगी समेत रहेको जनाईएको छ ।
०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फवाट उनी सप्तरी निर्वाचन क्षेत्र नं. १ वाट सभाषदमा निर्वाचित भएका थिए ।
यसअघि सोमवार मात्रै राजविराज नगरपालिका १० का ६७ वर्षिय कोरोना संक्रमित पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो ।
योसहित कोरोनाका कारण मर्नेको संख्या जिल्लामा ४ महिलासहित २६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।