News राजनीति

के भारतीय जासुस प्रमुखले पूर्वप्रधानमन्त्री भट्टराईलाई भेटेका थिए?

के भारतीय जासुस प्रमुखले पूर्वप्रधानमन्त्री भट्टराईलाई भेटेका थिए?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी फर्किएका भनिएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको खुलासा हुन थालेको छ ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टकी रणनीतिक मामिला सम्पादक ज्योती मलहोत्राको आलेखमा ‘रअ’ प्रमुख गोयल नेपालमा रहँदा डा. भट्टराईलाई समेत भेटेको उल्लेख गरेपछि नेपालमा पनि त्यस्तो चर्चा सुरु भएको हो ।

भारतीय खुबिया एजेन्सीका बारे राम्रो जानकारी राख्ने कान्तिपुरका सम्पादक सुधिर शर्माको रिट्वीटका कारण पनि यो विषयमा संदेह उत्पन्न भएको छ । भलै शर्माले रिट्वीट गरेको भारतीय समाचार माध्यमको लिंकमा भट्टराई र रअ प्रमुखको भेट भएको पुस्टी हुन बाँकी भनिएको छ । जनता समाजवादी पार्टीका नेता एवम् भट्टराईका निकट पात्र बिश्वदीप पाण्डेले शर्माको ट्वीटलाई लज्जास्पद भनी रिट्वीट गरेका छन, जसलाई भट्टराईले पनि रिट्वीट गरे।

तर, नेपाली सञ्चार माध्यमले भने भट्टराई–गोयल भेटबारे समाचार बनाउन थालेका छन् । भट्टराई कोरोना संक्रमित भएर आइशोलेसनमा रहेका बखत भेट भयो होला भन्न चाहि गार्हो छ । द प्रिन्टकी मलहोत्राको आलेआमा पनि ‘भेटे लगत्तै भट्टराईमा कोभिड संक्रमण पुष्टि भएको हुँँदा भारत फर्केपछि सम्भवतः गोयल आइसोलेसनमा बसिरहेका होलान्’ भन्ने उल्लेख छ । 

अर्कोतर्फ लेखक खगेन्द्र संग्रौलाले पनि भट्टराई र गोयल विच भेट भएको र गोयललाई पनि कोरोना संक्रमण भएको हुनसक्ने भन्दै आशंका र ब्यंग्य गरेका छन्। उनको ट्वीटमा भनिएको छ–‘डा.बाबुराम भट्टराई “रअ“ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसोलसनमा, उता सामन्त आइसोलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो!’

संग्रौलाको ट्विटमा रिट्वीट गर्दै भट्टराईराले भने उनको भनाईको खण्डन गरेका छन् । ‘खगेन्द्र संग्रौला जस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु?’ उनको रिट्वीटमा भनिएको छ–‘भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’

यता, सामन्तसँगको भेटपछि प्रधानमन्त्री केपी ओली आलोचनाको केन्द्रमा छन । ओलीले सम्भावित रणनीतिबारे निकटवर्तीसँग छलफल थालेका छन । पार्टीभित्र अप्ठ्यारो परे जसपाको साथ लिने तर प्रचण्ड–माधब खेमासँग नगल्ने ओलीले बताउने गरेको स्रोतको दाबी छ ।

विशेष