तुलसीपुरका कुमार विकको खुट्टा काटेको घटनाका शंकास्पद ३३ जना युवा पक्राउ
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकको खुट्टा काटेको घटनाका शंकास्पद ३३ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विक तुलसीपुर १० गोलौरीमा सोमवार राति धारिलो हतियारको आक्रमणवाट एउटा खुट्टा छिनेको अवस्थामा फेला परेका थिए। एउटा खुट्टा छिनाएको तथा दुबै हात काटेर क्षती गरेको अवस्थामा विकलाई प्रहरीले मध्यरातमा उद्धार गरि अस्पताल पु¥याएको थियो।
घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए।
घाइते विकलाई उपचारका लागि बाँके हुँदै भारतको लखनउतर्फ लगिएको छ।
अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गोलौरी गाउँमा भान्जाको विहे भोज खाएर घरतर्फ जाँदै गरेका विकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले सांघातिक आक्रमण गरेको थियो ।