दावी गरिए अनुसारको सुरक्षित छ कि छैन टाटाको नेक्सन ?
काठमाण्डौं उपत्यका प्रवेश गर्ने नाका थानकोट नजिकै टाटा कम्पनीको नेक्सन कारले विहिवार दुई वटा गाडिलाई ठक्कर दिएको छ । चन्द्रागिरी नगरपालिका स्थित नागढुङ्गाको नागमन्दिर आगाडि भएको उक्त दुर्घटनामा मानविय क्षती नभए पनि गाडिमा धेरै क्षती भएको महानगरिय ट्राफिक प्रहरी कार्यालय रामसाह पथका प्रवक्ता एसपी रामेश्वर यादवले जानकारी दिए ।
काठमाण्डौंवाट धादिङ्गतर्फ जाँदै गरेको प्र ३ ०१०२२ नम्वरको कारले सोहि दिशामा जाँदै गरेको ना४ख ४६३४ नम्वरको ट्रकलाई पछाडिवाट ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर उफ्रिएको कार पुनः सोहि दिशामा जाँदै गरेको वा १ ञ नम्वरको भ्यानमा पनि ठोक्किएको थियो ।
दुर्घटनामा कारमा सवार ब्यक्तिको टाउकोमा चोट लागेको छ भने कारको अगाडिको भाग पुर्णरुपमा क्षती भएको एसपी यादवले जानकारी दिएका छन् ।
नेक्सन गाडि विक्रि गर्दै आएको सिप्रदीले भने २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएका गाडि एकदमै सुरक्षित र अफरोड यात्राका लागि पनि उत्कृष्ट रहेको वताउँदै आएको छ ।
डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबिडी’ समावेश गरिएका कारण यो गाडि एकदमै सुरक्षित रहेको कम्पनीको दावी छ ।
ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएका कारण यू–टर्नहरुमा पनि सहजता पुर्वक ड्राइभिङ गर्न मिल्ने कम्पनीको दावी गर्दै आएको छ । तर, जानकारहरुले भने कम्पनीले ब्यापार वढाउनका लागि झुठो प्रचार गरेको र ठगी गरिरहेको जनाएका छन्।
नेपालमा न्युनतम ३५ लाख मुल्य पर्ने नेक्सन गाडिमा कम्पनीले २० प्रतिशतसम्म नाफा खाने गरेको श्रोतको दावी छ । तर, मूल्य अनुसारको भ्यालु भने नभएको उनीहरु वताउँछन् ।
दुर्घटनामा परेका नेक्सन गाडिको वारेमा निस्पक्ष छानविन हुने हो भने विक्रेता कम्पनीलाई कालोवजारी गरेको आरोपमा कारवाही समेत हुन सक्ने जानकाहरु वताउँछन् । कम्पनीको दावी विपरित नेक्सनको गाडिहरु दुर्घटनामा पर्नुले पनि ति आरोप सहि सावित हुँदै आएका छन् ।
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ मा कमसल माललाई असल माल हो भनी वा एक माल वस्तुलाई अर्को माल वस्तु हो भन्ने भान पारी वा कुनै माल वस्तुमा सो माल वस्तुको स्तर घट्ने गरी मिसावट गरी सो कुरा नबताई कसैले बिक्री वितरण गरेमा निजलाई नौ महिनासम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने ब्यवस्था छ ।
नोटः NCAP Global rating मा उत्कृष्ठ स्टार प्राप्त र सुरक्षित भनिएको टाटा मोटर्सको नेक्सन अत्याधिक मात्रामा कालोबजारी हुने गरेको पाइएको छ। यस विषयमा प्रमाण सहित फलोअपमा आउने छौं।