News विदेश Breaking News सामाजिक सञ्जाल ताजा खबर समाज राजनीति

हेल्मन्द कब्जा गर्ने तालिबानी प्रयास विफल, आक्रमण जेम आतंककारी संलग्‍न भएको खुलासा

हेल्मन्द कब्जा गर्ने तालिबानी प्रयास विफल, आक्रमण जेम आतंककारी संलग्‍न भएको खुलासा

काबुल । अफगानिस्तानको हेलमन्दस्थि लश्करगढ सहर कब्जा गर्ने तालिबानीको योजनालाई अफगानी सेनाले असफल पारेको छ । यो वर्ष अमेरिकासँग शान्ति सम्झौता भएपछि गरिएको पहिलो ठूलो आक्रमण हो । 

तालिबानी आक्रमणकारीहरुसँगै सयौं जैश-ए-मोहम्मद आतंककारीहरू हेलमण्दमा देखिएका हुन् । जसले अफगान सुरक्षा बलमाथि हमला गरिरहेका छन् । 

जी न्यूजलाई प्राप्त सूचना अनुसार हेलमन्दमा आक्रमण गर्नु अघि जेएम आतंककारीहरूको ठूलो समूह तालिवान शिविरहरूमा जम्मा भएको देखिएको थियो । पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले तालिवानको आतंक शिविरमा जेएम आतंककारीहरूलाई हतियार प्रशिक्षण प्रदान गरिरहेको छ ।

यस हप्ता सोमबार, अफगानिस्तानमा अमेरिकी सेनाले अफगानी सेनासँग भिडिरहेको तालिबानी लडाकू लक्षित आक्रमण गरेको छ । अमेरिकी सेनाका अफगानिस्तान प्रवक्ता कर्नल सोनी लिजेले भने, “विगत दुई दिनहरूमा अमेरिकी सेनाले अफगानिस्तानले युएस-तालिबानी सम्झौताको अनुरूप तालिवान लडाकुहरूले आक्रमणबाट अफगानिस्तानको राष्ट्रिय रक्षा र सुरक्षा बल (एआरएसएफ) लाई बचाउनका लागि हेल्ममन्दमा तालिबानीलक्षित आक्रमण गरेको हो ।” 

जसरी तालिवानको आक्रमणलाई हेलमण्दमा विफल पारिएको छ । त्यसबाट स्पष्ट हुन्छ कि अफगान सेनाहरू अब अमेरिकी सहयोगबिना तालिबानको सामना गर्न पूर्ण रूपमा तयार छन् । 

“तालिवान असफल भएपछि हेल्मन्दा एउटा महत्वपूर्ण मोड देखिएको छ । "अफगान सेनाले यो प्रमाणित गरेको छ कि अमेरिकाको सहयोग बिना उनीहरूको अफगानिस्तान राष्ट्रिय रक्षा र सुरक्षा बल (एआरएसएफ) ले तालिबानविरूद्ध लड्न सक्छ, ”एक भारतीय सुरक्षा अधिकारीले पछिल्लो विकासबारे भने ।

विशेष