News विदेश Breaking News मुख्य समाचार ताजा खबर राजनीति

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्री कुरेशी 'तीन छक'

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्री कुरेशी 'तीन छक'

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । 

पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्रीहरु बहिष्कार गर्ने विषयमा संसदमा बोलिरहेका थिए । विदेशमन्त्री बोल्दै गर्दा सांसदहरुले सुरुमा बलुचिस्तानका विषयमा नाराबाजी गरेका थिए । 

सांसदहरुले नाराबाजी गरे पनि सभामुखले भने सांसदहरुलाई शान्त भएर विदेशमन्त्रीको कुरा सुन्‍न आग्रह गरेका थिए । त्यसपछि सांसदहरुले मोदी-मोदी भन्दै नाराबाजी गरेका हुन् । 

सांसदहरुले मोदीको नाम लिँदै नाराबाजी जारी राखेपछि विदेशमन्त्रीले आक्रोशित हुँदै प्रश्‍न गरे, "सभामुख महोदय, पाकिस्तानका संस्थानहरुलाई विवादित कसले बनाइरहेको छ ? हिन्दूस्तानको बोलि को बोलिरहेको छ ? पाकिस्तानको हितलाई नोक्सान कसले गरिरहेको छ ? बलुचिस्तानमा उभिएर यिनको प्लेटफर्मबाट बुलिस्तान स्वतन्त्रताको माग हुनु लज्जाजनक विषय हो ।"

उनले थपे, "आज मलाई भन्‍न दिनूस् कि नरेन्द्र मोदीको बोलि बुलुचिस्तानका सांसदहरु बोलिरहेका छन् । पाकिस्तानको संसदमा उभिएर कसको एजेण्डा बोलिरहेका छन् । कसलाई खुसी पार्न सांसदहरुले यस्तो गरिरहेका छन् ।"

प्रधानमन्त्री इमरान खान उपस्थित हुने भनिएको संसदमा विदेशमन्त्री उपस्थित भएका थिए । 

 

विशेष