'सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ'
इस्लामावाद । एक प्रमुख सामाजिक अभियानकर्मीले सिन्ध प्रहरी महानिरीक्षक (आईजीपी) को अपहरण र पछि पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का नेता मोहम्मद सफदर अवानलाई कराचीबाट नियन्त्रण लिनुलाई पाकिस्तानको प्रधानमन्त्री इमरान खानको 'वाटरगेट स्क्यान्डल' हुने दाबी गरेका छन् ।
वाटरगेट स्क्यान्डल १९७२-७४ को संयुक्त राज्य अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनको प्रशासनसँग सम्बन्धित एक राजनीतिक स्क्यान्डल हो । जुन निक्सनको राजीनामाको कारण बनेको थियो ।
अमजद अयूब मिर्जाले ट्विट गरेका छन्, "सिन्धका आईजीलाई बिहान ४ बजे अपहरण गरिएको छ । कथित रूपमा नवाज शरीफको सोनिनलोविरुद्ध कारबाही गर्न लगाइएको छ । सेना प्रमुख बाजवाले अनुसन्धानको आदेश दिएका छन् । सिन्धका वरिष्ठ प्रहरी अधिकारीहरूले काम गर्न अस्वीकार गरेका छन् । यही एउटै घटना पनि इमरान खानको वाटगेट स्क्यान्ड हुनसक्छ ।"
प्रहरीले मुस्लिम लिगका नेतालाई पक्राउ गरेपछि राजनीतिक तनाव उत्पन्न भएको छ । आइतबार जनताको लोकतान्त्रिक आन्दोलन (पीडीएम) र्यालीमा पाकिस्तान मुस्लिम लिगकी नेतृ मरियम नवाज शरीफका पतिलाई रिहाको माग गर्दै सरकारालाई दबाब दिइएको छ ।
पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (PDM) ले सेवानिवृत्त कप्तान मोहम्मद सफदरको पक्राउको निन्दा गरेको छ । क्याप्टेन (सेवानिवृत्त) मुहम्मद सफदरको पक्राउले पाकिस्तान सेना र सिन्ध पुलिसबीच कटु द्वन्द्व उत्पन्न भएको छ र विपक्षी गठबन्धनले इमरान खान सरकारविरूद्ध दुई ठूला जुलुसका साथ आफ्नो शक्ति प्रदर्शन गरेदेखि नै राष्ट्रिय राजनीतिक तनाव बढेको छ । पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले "कराची घटना" को छानबिनको आदेश दिएका छन् ।
सिन्ध पुलिस प्रमुखलाई जबरजस्ती सेक्टर कमाण्डरको कार्यालयमा लगियो र पक्राउ आदेशमा हस्ताक्षर गर्न भनिएको थियो । “यो केवल मरियम नवाजमा मात्र नभई सम्पूर्ण पीडीएममा हमला भएको थियो । ती अज्ञात व्यक्ति (जसले सफदरलाई हिरासतमा लिएका थिए) सबैलाई चिन्छन्, ”पीडीएम नेताहरूले कप्तान (सेवानिवृत्त) सफदरलाई पक्राउ गरेपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने ।
पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का उपाध्यक्ष मरियम नवाजले भनेका छन् कि सिन्ध महानिरीक्षकलाई अपहरण गरिसकेपछि सुरक्षा अधिकारीहरूले क्याप्टेन (सेवानिवृत्त) सफदरको पक्राउ वारेनटमा हस्ताक्षर गर्न बाध्य गरेका थिए । उनले पक्राउ पूर्व योजना अनुरुप भएकोसमेत बताएकी छन् ।