बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा सेवा विस्तार गरिदै
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना विरामीको उपचारका लागि सेवा विस्तार गर्न थालेको छ ।
कारोना संक्रमितको चाप वढेको र वेड अभाव हुँदा संक्रमितले उपचार नै नपाई मृत्यु हुन थालेपछि सेवा विस्तार गर्न थालिएको हो ।
प्रतिष्ठानले कोभिड अस्पतालमा २५ वटा हाई डिफेन्सी युनिट (एचडियु), १० वटा भेन्टिलेटर र नन इन्टेन्सिभ भेन्टिलेटर साथै ८ थान हाइए फोलो नसल क्यानुला जडान गरिने जनाएको छ।
हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिन भित्र जडान गरिने प्रतिष्ठानले जनाएको छ । साथै थप अक्सिजन पोट सहित ४० बेडको क्षमता विस्तार गरिने समेत प्रतिष्ठानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
प्रतिष्ठानमा हालसम्म साढे ६३ हजार बढीको स्वाब परीक्षण र १ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भईसकेको छ ।