News

वच्चा पाउन अस्पताल गएकी महिलाको शव फर्कियो

वच्चा पाउन अस्पताल गएकी महिलाको शव फर्कियो

सुत्केरी हुन अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ मृत्यु भएको छ। मृतकका आफन्तले अस्पतालको लापर्बाहीका कारण गिताको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् ।

अस्पतालले लापर्बाही गरेको र उपचार प्रक्रिया गलत भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।

कात्तिक ८ गते सुत्केरी हुने मिति भएपनि १३ गते बोलाइएको र उपचारमा पनि लापर्बाही भएको कमलराज गिरीले वताए । ५ मिनेट अघिसम्म फोनमा कुरा गरेकी गिताको ५ मिनेट पछि नै मृत्यु हुनुका पछाडि अस्पतालले ठुलै गल्ति गरेको उनको आशंका छ । ‘५ मिनेट अघिसम्म फोनमा कुरा गर्दा बच्चाको धड्कन कम छ रे म चाहि ठिक छु भएको मान्छ ५ मिनेटपछि नै मृत्यु भएको खवर पाउँदा हामीलाई शंका लागेको छ’ उनले भने–‘घट्नाको निस्पक्ष छानबिन हुनुपर्छ ।’

अस्पतालका अनुसार ती महिला बिहीबार बिहान ११ बजे प्रसूतिका लागि भर्ना भएकी थिइन् । उनलाई डा. अनुपा थापाले परीक्षण गरेकी थिइन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार महिलालाई बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिइएको थियो । साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेकाले नर्मल डेलिभरी हुने ठानेर केहीबर छोडिएकोमा महिलालाई एक्कासि श्वास प्रश्वासमा समस्या देखिएको उनको भनाई छ ।

समस्या बढेपछि तत्काल शल्यक्रिया गर्न शल्यक्रिया कक्षमा लैजाने क्रममा उनको मृत्यु भएको गौतमले बताए । तर, यही कारणले मृत्यु भयो भनेर किटान गर्न नसकिएको उनको भनाई छ । 

विशेष