भारतीयलाई नागरिक्ता वेच्ने जनप्रतिनिधि, दोस पाउने मधेसी !
नेपालमा वेलावेलामा भारतीयले नेपाली नागरिक्ता लिएको विषय चर्चामा आउँछ। लोभ लालचमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भारतीयले नागरिक्ता पाउँछन्। तर, त्यसको अपजस भने मधेसी समुदाय माथि थुपार्ने गरिएको छ ।
कैलालीमा फेरी यस्तै एउटा घटना वाहिरिएको छ । भारतीय नागिरकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । उनले भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप छ।
२० फागुन ०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर जोसीले अलियासलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।