News राजनीति

‘रसायन’ ले जोडिएला त चिरा परेको ओली–प्रचण्ड सम्वन्ध ?

‘रसायन’ ले जोडिएला त चिरा परेको ओली–प्रचण्ड सम्वन्ध ?

कर्णाली प्रदेश कमिटिको विवादका कारण चिरा परेको नेकपाका दुई अध्यक्ष विचको सम्वन्ध जोड्ने प्रयास सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिएका केहि नेताले चिरा परेको सम्वन्धमा रसायन लगाउने प्रयास गरिरहेका छन्। तर, दुई/तीन दिनको प्रयासमा पनि उनीहरुको दाल गलेको छैन।

पछिल्लो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका थिए । 

ज्ञावली र प्रचण्डका विचमा कुन विषयमा कुराकानी भयो भन्ने विषय सार्वजनिक भईसकेको छैन तर दाहाललाई फकाउने ओली रणनीति अनुसार नै उनी खुमलटार पुगेको श्रोतको दावी छ । 

उनले प्रचण्डसँगको भेटवार्ता नियमित भएको प्रतिक्रिया दिएका छन् । प्रचण्डसँगको भेटघाट एक जना स्थायी कमिटी सदस्यले आफ्नो पार्टी अध्यक्षलाई भेट्नु वाहेक अर्को कुनै सम्वन्ध नरहेको उनको भनाई छ । 

दाहाललाई फकाउन खुमलटार पुगेका ज्ञावली ओली निकटका चौथो नेता हुन् । यसअघि पनि अन्य नेताहरु त्यहा पुगेका थिए । बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।

तर, कार्यकारी अध्यक्ष दाहालले भने नेताहरुलाई भाउ नदिएको जानकारहरु वताउँछन् । ज्ञावली, पौडेल, नेम्वाङ्ग, पोखरेल लगायतका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न दाहललाई आग्रह गर्दै आएका छन् । प्रचण्डले भने आफु कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएका छन् ।

गत कात्तिक ४ गते नेकपाका दुई अध्यक्षविच लामो भेटघाट भएको थियो । साँझपख दुई अध्यक्षले आआफना प्रेस सल्लाहकार मार्फत भेटमा भएको सहमति भन्दै आ–आफनै धारणा सर्वाजनिक गरे । तर,  सहमतिका वुँदा वाझिएपछि उनीहरुको सम्वन्ध झन चिरा पर्यो । यसै विचमा ओलीले प्रचण्डलाई फोन गरेर ‘अव सँगै वस्नुको अर्थ नरहेको’ भन्दै जवाफ दिएको प्रसंग पनि वाहिरियो । 

कर्णाली प्रदेशको समस्या समाधान गर्न ओली र प्रचण्डले छुट्टाछुट्टै सर्कुलर जारी गरे । त्यसमा पनि अध्यक्षको मत वाझियो । यस प्रकरणपछि दुई अध्यक्षका विचमा वार्ता र भेटघाट टुटेको छ । पछिल्लो पटक भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँ कुटनीतिक मर्यादा विपरित भेटघाट गरेको विषयमा पनि ओली आलोचनाको घेरामा छन् ।

यस वाहेक मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिसलगायतका कारण पनि दाहाल ओलीसँग भेट गर्न मानिरहेका छैनन् ।

दुई अध्यक्ष विचको फाटेको सम्वन्धकै कारण आगामी चैतमा निर्धारण भएको एकताको महाधिवेसन पनि भाँडिने सम्भवना वढेको छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकले चैतमा निर्धारित एकताको महाधिवेशनको तयारी थाल्न कात्तिक १५ मा आयोजना गरेको केन्द्रीय कमिटी बैठक एक महिनापछि सरेको छ ।

ओली निकटका नेताहरुको खुमटार दौडधुम त्यसैको तयारी हो वा प्रचण्ड नै तयार नभएका कारण अधिवेसन अनिश्चित भएको भन्नका लागि चालिएको ओली रणनीति हो ? त्यो वुझन भने वाँकी छ ।

विशेष