म्याग्दी सदरमुकाम वेनीमा जिप दुर्घटनाः एक वालिकाको मृत्य, १० घाईते
म्याग्दीको रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रवार दुर्घटना हुँदा एक वालिकाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाईते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका–२ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ३० वर्षिय वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, ५० वर्षिय कौसभा पाइजा, ४० वर्षिीया ठगकुमारी शेर्रपुजा, २४ वर्षिया सिर्जना शेर्रपुजा, २३ वर्षिय दीवा शेर्रपुजा, ७ वर्षिया इच्छा शेर्रपुजा, ८ वर्षिया दिक्षा शेर्रपुजा र बेनी नगरपालिका, ८ का ४२ वर्षिय दलप्रसाद गौचन घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख (डीएसपी) किरण कुँवरले वताए ।
सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–जोमसोम सडकखण्डवाट कालीगण्डकी नदी किनारमा खसेको जिप दुर्घटनाको कारण खुलेको छैन ।