News राजनीति

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रश्ताव विवादमा, १४ सांसदले लेखे– नोट अफ डिसेन्ट

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रश्ताव विवादमा, १४ सांसदले लेखे– नोट अफ डिसेन्ट

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रश्ताव विरुद्ध १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । योसँगै प्रश्ताव विवादमा तानिएको छ।

भालुवाङलाई राजधानी वनाउन नेकपाका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव प्रस्तुत गरेको थियो । सोहि विषयमा छलफल गर्न शनिबार नेकपा संसदीय दलको बैठक वोलाईयो । उक्त वैठकमा १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

झण्डै ८ घण्टा चलेको वैठकमा दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त नभएको भन्दै विरोध जनाउन ‘नोट अफ डिसेन्ट’ डा. कृष्ण न्यौपानेले वताए ।

सांसदहरुले प्रदेशसभामा आफू्ना विचार निर्वाध रुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएका छन् ।

बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिएका र पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको वैठकमा सहभागी एक सांसदले बताए ।

पार्टी इन्चार्जको निर्देशन विपरीत कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र दधिराम न्यौपानेलगायत १४ जनाले विरोध गरेको न्यौपानेको भनाई छ । 
 

विशेष