News

ओली–प्रचण्ड भेटः सचिवालय बैठकमा घेरावन्दी गर्ने प्रचण्डको संकेत

ओली–प्रचण्ड भेटः सचिवालय बैठकमा घेरावन्दी गर्ने प्रचण्डको संकेत

एघार दिनको सम्वादहिनतालाई अत्य गर्दै भेटवार्ता गरेका नेकपाका अध्यक्ष केपी ओली र पुस्पकमल दाहाल प्रचण्डको छलफल सकिएको छ । करिब दुई घन्टा लामो छलफलमा दाहालले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउने विषयमा कुरा गरेका छन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले पछिल्ला केहि दिनका घटनाक्रमका विषयमा सुनाउँदै ति विषयमा पार्टीको सचिवालय बैठकमा छलफल गर्नु भन्दै भन्दै वैठकको आयोजना गर्नु पर्ने धारणा राखेका थिए ।

प्रचण्डले कोरोना संक्रमणको अवस्था, कर्णाली सरकारमाथिको अविश्वास प्रस्ताव र पार्टीको विवाद, रअ प्रमुखसँग प्रधानमनत्रीको भेटघाटलगायतका विषयमा ओलीसँग कुरा गरेको श्रोतले जनाएको छ । 

ओलीले भने प्रचण्डका धारणामाथि कुनै जवाफ नदिएको निकट श्रोतवाट जानकारी प्राप्त भएको छ ।

यसअघि कर्णाली प्रदेश पार्टी कमिटी र सरकारमा देखिएको विवाद समाधानका लागि कार्तिक ४ गते दुई अध्यक्ष विच छलफल भएको थियो ।

सोहि भेटवार्तापपछि अध्यक्षद्वय विच अझमझदारी वढेको थियो । त्यसयता उनीहरु विच संवादहिनताको अवस्था थियो । सम्वादहिनताको अन्त्य गर्न ओली निकटका नेताहरुले प्रयासलाई जारी राखेका थिए ।

पछिल्लो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका थिए । बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए । 
 

विशेष