सुदूरपश्चिमका कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण भएको छ ।
सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री शाहकी श्रीमती र सवारी चालकसमेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
उनी होम आइसोलेसनमै बसेर उपचार गराइरहेको जनाईएको छ।