News

प्रधानमन्त्री केपी ओलीलाई कारोनाको जोखिम

प्रधानमन्त्री केपी ओलीलाई कारोनाको जोखिम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको जोखिम वढेको छ ।

तीन जना सल्लाहकार र प्रमुख स्वकिय सचिवलाई एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीलाई पनि संक्रमणको जोखिम वढेको हो ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको छ ।

शनिबार आएको रिपोर्ट अनुसार उनीहरुलाई संक्रमण पुष्टि भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । उनीहरुले शुक्रवार स्वाव परिक्षणका लागि दिएका थिए ।

प्रमुख स्वकीय सचिव भण्डारीले संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरना संक्रमण भएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो भने प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।

यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अन्य केहिको रिपोर्ट आउन अझै बाँकी छ ।

विशेष