स्वास्थ्य मन्त्रालयले भन्यो– काठमाण्डौं नआउनोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका वाहिरका नागरिकलाई काठमाडौं नआउन आग्रह गरेको छ ।
उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
शनिबार २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ११ सय ७७ जना थिए ।
उपत्यकामा संक्रमण निरन्तर बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।