News

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

महोत्तरीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीकै मृत्यु भएको छ । विद्युत लाइन मर्मत गर्न पोलमा चढेका रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डितको मृत्यु भएको हो ।

उनी नेपाल विद्युत प्राधिकरण बर्दिवासको गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन । 

बर्दिबास नपा वडा नम्बर १ मा रहेको एक घरको विद्युत लाइन मर्मत गर्न पोलमा चढेका पण्डितलाई शनिबार बिहान करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बर्दिवास जनसेवा अस्पताल ल्याइएको थियो।

थप उपचारका लागि जनकपुर पठाइएको र जनकपुरस्थित जानकी केयर हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको वितरण केन्द्रले जनाएको छ। 
 

विशेष