विराटनरमा ६ जना कोरोना संक्रमितको मृत्यु
विराटनगरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये नोबेल मेडिकल कलेजमा मात्रै चार जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका–१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । उनी कार्तिक १३ गते अस्पताल भर्ना भएकी हुन । उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यसैगरी विर्तामोड, झापाका ७५ वर्षीय पुरुषको शनिबार साढे १२ बजे मृत्यु भएको छ । १२ कार्तिकमा अस्वताल भर्ना भएका उनलाई निमोनियाको समस्या देखिएको थियो ।
सुन्दरहरैचा नगरपालिका–१०, मोरङकी ६९ वर्षीया महिलाको पनि शनिबार विहान मृत्यु भएको छ । १० कार्तिकमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।
सुनसरीको इटहरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि लैजाँदै गर्दा शुक्रवार वाटोमै मृत्यु भएको छ । नोबेल मेडिकल कलेज पु¥याउँदा एम्बुलेन्समै उनको मृत्यु भएको हो ।
यस्तै मोरङ्गको बिराटनगर–३, का ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते अस्पतालमा भर्ना भएका थिए ।
विराटनगरको म्याक्स हस्पिटलमा शनिवार विहान उदयपुरकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ । उनी शुक्रबार साँझ अस्पताल भर्ना भएकी थिईन ।