ओली–प्रचण्ड भेटवार्ता जारी
नेकपाका दुई अध्यक्ष विचको मौनता ११ दिनपछि तोडिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) विच अहिले भेटवार्ता जारी छ ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डको भेटवार्ता जारी रहेको जानकारी दिए । यसअघि कर्णाली प्रदेश पार्टी कमिटी र सरकारमा देखिएको विवाद समाधानका लागि कार्तिक ४ गते दुई अध्यक्ष विच छलफल भएको थियो ।
सोहि भेटवार्तापपछि अध्यक्षद्वय विच अझमझदारी वढेको थियो । त्यसयता उनीहरु विच संवादहिनताको अवस्था थियो । सम्वादहिनताको अन्त्य गर्न ओली निकटका नेताहरुले प्रयासलाई जारी राखेका थिए ।
पछिल्लो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका थिए । बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।