सरकारको विरोध गर्न निशुल्क माँस्क वितरण
काठमाण्डौंमा सरकारको विरोध गर्न नयाँ शैली अपनाईएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँबानेश्वरमा मास्क वाँडेर सरकारको विरोध गरे।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ ।
सामान्यतया एक पटक लगाएको मास्क फेरि प्रयोग गर्न नमिल्ने भएकाले हरेक दिन नयाँ–नयाँ मास्क फेरेर लगाउने क्षमता सबैको छैन । त्यसैले नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूहले झण्डै चार लाख मास्क निःशुल्क बाँड्ने अभियान सुरु गरेको छ । अभियानको सुरुवात नेता शर्माले गरेका हुन्।