News राजनीति

नेकपामा फेरी विवाद, सचिवालय बैठक स्थगित

नेकपामा फेरी विवाद, सचिवालय बैठक स्थगित

शनिवारका लागि वोलाईएको नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । वैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो।

एक नेताका अनुसार बैठक आइतबार ४ बजे बस्ने भएको छ । 

सरकारले विहिवार मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र फेरी विवाद सुरु भएको छ ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नयाँ विवाद सुरु भएको हो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।
 

विशेष