News

सुनसरी र मोरङ्गमा एक/एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरी र मोरङ्गमा एक/एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरी र मोरङ्गमा शनिवार एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इनरुवा–४ सुनसरीकी २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको हो ।ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।


बीपी प्रतिष्ठानमै गरिएको परिक्षणमा असोज ८ गते ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विशेष