News विदेश

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख भन्दा माथि

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख भन्दा माथि

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ४२ पुगेको छ ।


पछिल्लो पटक एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ।

कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख ८ हजार जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ४४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो ।

भारतमा करिब ८३ दशमलव ७० प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७५ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ५४ लाख २७ हजार ७ सय ६ जना निको भएका छन् भने करिब ९ लाख ४५ हजार संक्रिय केस रहेका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म ७३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म २ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २९ लाख निको भएका छन् ।
 

विशेष