२४ घण्टामा ५ दिनकी वालिकासहित ७ को मृत्यु, उपत्यकामा १५९९ सहित २२५३ संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाण्डौ उपत्यकामा मात्रै १५ सय ९९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए ।
त्यसैगरी, १ हजार ३ सय २९ जना निको भएको मन्त्रालयले जनाएको छ। योसहित निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ छ।
२४ घण्टामा थपिएका मध्ये १५ सय ९९ जना कोरोना संक्रमित काठमाण्डौंमा थपिएका हुन् । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित भेटिएको गौतमले जानकारी दिए ।
यस्तै, कोरोना संक्रमणवाट ५ दिनकी वालिका, ३ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको छ । मकवानपुरमा वाँकेमा १ महिला र एक पुरुष तथा काठमाडौं, ललितपुर, चितवन र कन्चनपुरमा १÷१ को मृत्यु भएको हो ।