News राजनीति

नेपालका कम्युनिष्टहरु कम्युनिष्टका नाममा कलंक हुनः उपेन्द्र यादव

नेपालका कम्युनिष्टहरु कम्युनिष्टका नाममा कलंक हुनः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु कम्युनिष्टका नाममा कलंक भएको आरोप छन् । सप्तरीको राजविराजमा आईतवार आयोजित युवा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेपालका कम्युनिष्टहरुले मुलुकमा असमानता र विभेद खडा गरी संघीयता धरापमा पारेको उनको आरोप छ । कम्युनिष्टको सरकारले विभेदको चरम नमुना प्रस्तुत गरेको वताएका उनले सरकारले गरेका नियुक्तिहरुमा अधिकांश एउटै समुदायका व्यक्तिलाई प्राथमिक्ता दिनु संघियताको मर्म र भावना विपरित भएको तर्क गरे।

‘यो सरकार पञ्चायत र राणाकालीन शासन व्यवस्था जस्तै एउटै भाषा, एउटै भेषको नीतिमा अघि बढेको छ’ उनले भने–‘यो संघीयता समाप्त पार्ने सडयन्त्र हो ।’

समाजवादका ठुला कुरा गर्नेहरु नै समाजवादको सिद्धान्त विपरित उल्टो वाटो हिडेको यादवले वताए । ‘अधिकार, अवसर र न्यायमा समानता नभएको वाटो हिडेर समाजवादमा पुगिन्छ ?’ उनले भने–‘अव राज्यले विभेदमा पारेको वर्ग सङ्घर्षमा निस्कनु पर्छ ।’ 
 

विशेष