News

जुम्ल्याहा वच्चाकी सुत्करी आमाको कोरोनाले मृत्यु

जुम्ल्याहा वच्चाकी सुत्करी आमाको कोरोनाले मृत्यु

बाँकेको कोहलपुरमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगर निवासी २९ वर्षिया महिलालाई बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उपचारकै क्रममा आईतवार विहान उनको मृत्यु भएको स्वास्थ्य कार्यालय वाँकेले जनाएको छ ।

सुत्केरी हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना देखियो। वेहोस अवस्थामा असोज १५ गते कोहलपुरमा ल्याइएको थियो । 

विशेष