भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
चितवनको भरतपुर स्थित सरकारी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आईतवार उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना गरिएको थियो । कोभिड आईसीयूमा राखेर उपचार भइरहे वेला आईतवार विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवनमा योसहित कारोना संक्रमणवाट मर्नेको संख्या ४२ पुगेको छ । जसमा चितवनका मात्रै २३ जना छन्।