जिल्ला प्रहरीकै आसपासमा महिलाको कान काटियो, गहना लुटपाट
पूर्वी नवलपरासीको जंगलमा एक महिलाको दुवै कान काटेर गहना लुटपाट गरिएको छ ।
कावासोतीवाट बुढौली कुनाको जंगलको बाटो भएर बजार जाँदै गरी तुलसी पौडेललाई अज्ञात समुहले रोकेर कान काटेको थियो । उनको दुवै कान काटेर गहना लुटपाट गरिएको छ ।
लुटेर समुहले कानका २ रिङ्ग लुटेका छन्। लुटपाटका क्रममा महिलाको टाउकोमा पनि चोट लागेपछि कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ ।
घट्नास्थल जिल्ला प्रहरी कार्यालयको ६ सय मिटर पूर्वमा रहेको स्थानीयले जाकारी दिएका छन् ।
प्रहरीले लुटेराको खाजी सुरु भएको जनाएको छ ।