News

गगन थापालाई कोरोना

गगन थापालाई कोरोना

नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले ट्वीटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । थापा हाल होम आईसोलेसनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ।

‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ’ उनले लेखेका छन्–‘मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

विशेष