News राजनीति

प्रधानमन्त्रीले अव कसैलाई नभेट्ने, सचिवालय वैठक पनि अनिश्चित

प्रधानमन्त्रीले अव कसैलाई नभेट्ने, सचिवालय वैठक पनि अनिश्चित

तीन सल्लाहकार र ६७ सुरक्षाकर्मीलाई एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली झस्किएका छन् । उनले अव अत्यावश्यक बाहेकका भेटघाट वन्द गर्ने निर्णय गरेका छन् ।

प्रत्यक्ष भेट्नै पर्ने वाहेका कसैसँग पनि भेट नगर्ने प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । भर्चुअल माध्यमबाट गर्न सकिने काम भने कुनै पनि नरोकीने जनाईएको छ ।

शनिवार स्थगित गरी आइतबार ४ वजेका लागि वोलाईएको सचिवालय बैठकका वारेमा भने अहिलेसम्म कुनै जानकारी गराएको छैन । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई शनिवार कोरोना संक्रमण भएको थियो ।

यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह र निजी सचिवालयका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।

यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनालाई पनि कोरोना संक्रमण देखिएको छ ।
 

विशेष