News Breaking News मुख्य समाचार ताजा खबर देश राजनीति संघीय समाचार

नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपाली भूमि मिचेको भन्दै आईतवार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलसंग आवद्ध युवा तथा बिद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोधमा प्रदर्शन गरेका हुन्।

युवा तथा विद्यार्थीको समूहले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी गरे। त्यस्तै सहभागीहरूले ‘चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दै’ भन्दै चीनविरूद्द आक्रोश ब्यक्त गरे।

प्रदर्शनका क्रममा ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर’ लगाएतका नाराहरू लगाईएको छ ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको छ। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए।

विशेष