डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रियो, अक्सिजन दिन सुरु
अनिश्चितकालिन अनसनमा वसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । उनको छातीमा निकै पीडा महसुस भएको सहयोगीहरुले जानकारी दिएका छन् ।
छातीमा पीडा र शरीरमा अक्सिजनको मात्रा घट्दै गएको केसीका साथमा रहेकी सहयोगी डा. तोसिमा कार्कीले जानकारी दिईन। शरीरमा अक्सिजनको मात्रा झर्न थालेपछि डा. सुवास आचार्यलाई बोलाईएको र अक्सिजन दिन थालिएको उनले जानकारी दिईन । शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ।
डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको जनाईएको छ । तर, केसीले अक्सिजन वाहेका कुनै पनि औषधी नलिने वताएका छन्।
डा. केसीको यो १९ औं पटको अनशन हो। उनी २१ दिनदेखि अनसन वसिरहेका छन्।