प्रदेश ५ः कांग्रेस सांसदद्वारा प्रदेश सभामा कुर्सी तोडफोड
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी भालुवाङलाई वनाउने प्रश्ताव प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डको वैशाखी टेकेर ल्याईएको आरोप लगाएको छ।।
स्थायी राजधानीका विषयमा सोमवार प्रदेश सभामा भएको छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले यस्तो आरोप लगाएका हुन् ।
प्रदेशसभा वैठक सुरु हुनासाथ समय लिएर बोलेका कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्ष ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव ल्याएको वताए ।
कनौडियाले सरकारले राजनीतिक सहमति नगरी प्रस्ताव ल्याएको भन्दै विरोध गरे। जहाँ राजधानी बनाए पनि आधार र औचित्यका आधारमा मात्र प्रस्ताव आउनु पर्ने उनको तर्क छ ।
कुनै पनि स्थानलाई राजधानी तोक्नुका आधार समेत नवनाई हचुवाका भरमा प्रस्ताव ल्याएको उनको आरोप थियो । ‘प्रदेशको राजधानी भालुवाङ्गलाई वनाउनु पर्ने कुनै आधार तयार गरिएको छैन’ उनले भने–‘दुई जना नेतामा सहमति वन्दैमा राजनितिक सहमति नै नगरी यसरी प्रस्ताव आउनु राम्रो पक्ष होईन।’
लगतै कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरे गरेर नारावाजी गर्दै प्रदेशसभा बैठक पनि अवरुद्ध गरे। उनीहरुले संसदीय मर्यादा कायम राख्न र राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
कांग्रेसले अवरुद्ध गरेको सभा २ वजेपछि पुनः सुरु भएको छ । कांग्रेसका सांसदहरुले बैठक हलमा भएका कुर्सी टेबुल तोफोड गरेर बाहिर निस्किएका छन् । बैठक हलबाट कांग्रेसका नेताहरू निस्किएपछि सभालाई जारी राखिएको छ।