२४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु
विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ।
५ महिला र १४ जना पुरुषको संक्रमणवाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँका ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया गरी ३ जना महिला तथा २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता जागेश्वर गौतमले वताए ।
चितवनका ६२ वर्षीय, गोरखाकी ४५ वर्षीया महिला, नवलपरसाीपूर्वका ३६ वर्षीय पुरुष , सर्लाहीका ४२ वर्षीय र ६९ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला र सुनसरीका ५५ वर्षीय पुरुषको मृत्यु भएको गौतमको भनाई छ ।
योसँगै कोरोना संक्रमणवाट मृत्यु हेको संख्या ५५४ पुगेको छ । नेपालमा २३ हजार ५०७ जना संक्रिय संक्रमित छन्।