News

स्थितिगत्यात्मक प्रगतिवाद परिचर्चाको तेस्रो भाग सम्पन्न

स्थितिगत्यात्मक प्रगतिवाद परिचर्चाको तेस्रो भाग सम्पन्न

समाज विकासको सिद्धान्त ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को परिचर्चा श्रृंखलाको तेस्रो भाग सोमवार सम्पन्न भएको छ । प्रगतिवादी युवा समाज नेपालले कार्यक्रमको आयोजना गरेको थियो । 

युगद्रष्टा डा. निर्मलमणी अधिकारीद्वारा अभिनिर्मित ‘स्थितिगत्यात्मक प्रगतिवाद’ लाई प्रगतिवादी युवा समाज नेपालले मार्गनिर्देशक सिद्धान्त वनाएको छ। 

परिचर्चा कार्यक्रममा टंका उप्रेती, अर्जुन शर्मा, राजन लोहनी र मिश्रादेवी कार्की प्रमुख वक्ता रहेका थिए । 

उप्रेतिले विदेशीको सिद्धान्तका कारण मानसिक दासत्वमा परेका नेपालीलाई स्थितिगत्यात्मक प्रगतिवादकोे परिचर्चाले मुक्त गराउने बताइन। 

अर्का वक्ता अर्जुन शर्माले पुँजीवाद र समाजवादको प्रतिमानमा चलेको आजको समाजलाई प्रतिमान परिवर्तन गरेर स्थितिगत्यात्मकता लैजाने ठूलो जिम्मेवारी जरो किलो महाअभियानलले लिएको बताए। युगद्रष्टा डा. निर्मलमणी अधिकारीले अभिनिर्माण गरेको स्थितिगत्यात्मक प्रगतिवादले नै अबको विश्वलाई मार्गनिर्देश गर्ने विश्वास लिएको शर्माले वताए।

वर्तमान अवस्थामा अक्कल बिनाको नक्कलले नेपाली समाजलाई डुबाएको भन्दै त्यसको जागरणका लागि अब नेपालीले स्थितिगत्यात्मक बन्नुपर्ने वक्ता राजन लोहनीको भनाई छ। 

मिश्रादेवी कार्कीले स्थितिगत्यात्मक प्रगतिवाद वृहत्तर क्षेत्रमा फैलनसक्ने सम्भावना बोकेको दार्शनिक चिन्तन भएको बताईन। यसबाट जन्मदेखी मृत्युपर्यन्त पनि ज्ञानको क्षेत्र विस्तार गर्न सकिने कार्कीको धारणा छ।

प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष धिरेन्द्र चन्द सोडारीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष उत्तम गुरुङले सहजीकरण गरेका थिए ।
 

विशेष