देशभर थप १५५१ लाई कोरोना संक्रमण, उपत्यकामा मात्रै १ हजार १७ संक्रमित
काठमाडौँ उपत्यकामा १ हजार १७ सहित नेपालमा १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दए ।
रुपन्देहीका ९६, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०÷२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।
सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।
यसैगरी, २४ घण्टामा २३ सय ४० जना निको भएका छन् । निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
नेपालमा २२ हजार ७०९ जना सक्रिय संक्रमित छन । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको गौतमले जानकारी दिए ।