डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गर्योः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको वताएका छन् ।
बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्रीले यस्तो वताएका हुन् ।
अरु विषयमा सामान्य कुराकानी भएपनि वैठकको अधिकांश समय डा. केसीकै विषयमा केन्द्रित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मंगलवारै शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पतालमा पठाएका थिए ।
मंगलबारको बैठकमा सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
डा. केसी १९औं पटकको अनसन वसिरहेका छन् । उनले अनसन सुरु गरेको मंगलवार २३ दिन हो । उनले भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए ।