News

नेकपा सचिवालय वैठकमा मन्त्री परिषद पुनर्गठनको प्रश्ताव नै आएन

नेकपा सचिवालय वैठकमा मन्त्री परिषद पुनर्गठनको प्रश्ताव नै आएन

लामो समयदेखि चर्चा हुँदै आएपनि नेकपाका दुई अध्यक्ष विच सहमति नवन्दा मन्त्री परिषद पुनरगठन हुन सकेको छैन ।

मंगलवारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव नै पेश नभएको एक नेताले वताए । असोज ४ गतेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिपरिषदबारे छलफल नभएको बताए । दुई अध्यक्ष यसबारे गृहकार्यमै रहेकाले पुनरगठनको टुङ्गो नलागेको उनले जानकारी दिए ।

भदौ २६ को स्थायी कमिटीले गरेको निर्णयअनुसार, मन्त्रिपरिषद् पुनर्गठनका लागि सहमति जुटाउन ओली दाहाल विच लगातार छलफल भइरहेको छ ।

सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिका विषयमा पनि खासै छलफल नभएको जनाईएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरेपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । 
 

विशेष