कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कारोना
कालाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक संजाल मार्फत आचार्यले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’ उनले लेखेका छन्–‘हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला।’
‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं’– उनको फेसवुकमा लेखिएको छ।