सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना
प्रतिनिधिसभामा सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई मंगलवार कोरोना संक्रमण पुष्टि भएको हो ।
आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको उनले बताइन् । उनी होम आईसोलेसनमा वसेकी छिन् ।
उनलाई उच्च ज्वरो र रुघा खोकी देखिएको छ।
यसअघि संघीय सांसदहरु प्रदीप यादव, डा. सूर्यनारायण यादव, यज्ञबहादुर बोगटी, अमनलाल मोदी, विनोद चौधरीलगायत एक दर्जन वढिलाई संक्रमण पुष्टि भईसकेको छ ।