News

हालसम्मकै उच्च संक्रमण पुष्टि, सकृय संक्रमितको संख्या २५ हजार नाघ्यो

हालसम्मकै उच्च संक्रमण पुष्टि, सकृय संक्रमितको संख्या २५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च हो ।
योसहित नेपालमा हालसम्म संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

उपत्यकामा मात्रै १६ सय ८४ जना
मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा मात्रै १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । 


कोरोनाबाट १५ जनाको मृत्यु
२४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। १५ मध्ये ६ जना काठमाडौंकै छन्।

मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा महिलामा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया रहेका छन् ।


यसैगरी मोरङका ४० र ६० वर्षीय, ललितपुरका ४६, चितवनका ६१, रुपन्देहीका ५५ र नवलपरासीका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५७८ पुगेको छ ।

विशेष