News

शुक्रबार आकस्मिक र कोभिड–१९ वाहेकका स्वास्थ्य सेवा नपाईने

शुक्रबार आकस्मिक र कोभिड–१९ वाहेकका स्वास्थ्य सेवा नपाईने

डा. गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाउन नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ ।

१९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेको भन्दै संघले सेवा वहिस्कारको घोषणा गरेको हो । संघले जारी गरेको विज्ञप्तिमा बिहीबार दुई घण्टा र शुक्रबार पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ ।

असोज १८ गते डा. केसीको जीवनरक्षाका लागि सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरे पनि सरकारले बेवास्ता गरेको संघले जनाएको छ ।

सरकारले चाहेको अवस्थामा जुनसुकै बेला संघले वार्ताका निम्ती सहजीकरण गर्ने जनाईएको छ। 

विशेष