News विदेश Breaking News मुख्य समाचार ताजा खबर समाज राजनीति

अमेरिकाद्वारा कम्बोडियाको दारा साकोर प्रोजेक्टमा काम गरिरहेको चिनियाँ कम्पनीमाथि प्रतिबन्ध 

अमेरिकाद्वारा कम्बोडियाको दारा साकोर प्रोजेक्टमा काम गरिरहेको चिनियाँ कम्पनीमाथि प्रतिबन्ध 

एजेन्सी : संयुक्त राज्य अमेरिकाले कम्बोडियाको दारा साकोर परियोजनामा काम गरिरहेको चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाको वित्त मन्त्रलायले मंगलबार कम्बोडियामा दारा सकोर पर्यटन क्षेत्रको विकासका लागि काम गरिरहेको चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । 

बेइजिङसँग वाशिङ्टनको तनाव दक्षिणपूर्वी एसियामा थप बढ्दै गएको यो पछिल्लो संकेत हो । 

ट्रेजरी विभागले चिनियाँ कम्पनी युनियन विकास समूह (यूडीजी) लाई 'कम्बोडियाको जग्गा कब्जा र ध्वस्त पार्ने' गरेको आरोप लगाएको छ । 

उक्त कम्पनीले कम्बोडियामा गल्फ कोर्स, क्यासिनो, लक्जरीलाई समेट्ने योजनामा ३६ हजार हेक्टर जमिन नियन्त्रणमा लिएको पाइएको छ । 

जसले समुद्री तटमा रहेको दारा साकोरको निर्माणका लागि आवास, एक एयरपोर्ट, र एउटा ठूलो पोर्ट क्रुज जहाजहरूका लागि पर्याप्त थियो । तर, चिनियाँ कम्पनीले क्यासिनो स्थापना गरिरहेको छ । 

ट्रेजरी विभागका अनुसार यूडीजीले कम्बोडियन कम्पनीको रूपमा संरक्षित राष्ट्रिय पार्कको जग्गा अवैधरुपमा आफ्नो नाममा दर्ता गरेको छ । उक्त कम्पनीले "कम्बोडियनहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती निकाल्‍ने प्रयास गरिरहेको अमेरिकी वित्त मन्त्रलायले जनाएको छ । 

 

विशेष