News

वलात्कृत वालिकाले वच्चा जन्माईन, काका पक्राउ

वलात्कृत वालिकाले वच्चा जन्माईन, काका पक्राउ

आफनै काकावाट वलात्कृत एक १४ वर्षिया वालिका सुत्केरी भएकी छिन् । वालिका सुत्केरी भएपछि मात्रै अभिभावले उनी वलात्कृत भएको पत्ता पाएका हुन् । 

सर्लाहीवाट ज्याला मजदुरी गर्न पोखरा पुगेका उनीहरुले कल्पना नै नगरेको घट्ना भएपछि प्रहरीमा उजुरी दिए। प्रहरीले वालिकाका काकालाई असोज १८ गते पक्राउ गरेको छ ।

प्रहरीका अनुसार छोरीले पेट दुख्यो भनेपछि बाबुआमाले अस्पताल लगे। परीक्षणका क्रममा वालिका गर्भवती भएको पत्ता लाग्यो । बालिकाले अस्पतालमै शिशु जन्माइन ।

वालिकासँग वुझदा आफु वलात्कारमा परेको वताईन । बलात्कार गर्ने अरू कोही नभएर आफ्नै २१ वर्षिय काका भएको वताएपछि उनीहरुले प्रहरीमा उजुरी दिए ।

जानकारी अनुसार ति युवक दाजु–भाउजूकोमा बस्न आएका वेला वालिकालाई करणी गरेको खुलेको छ । 

मंसिरको पहिलो साता उनी पोखरा पुगेका थिए । पुस २ को राति कोहि नभएको मौका पारेर उनले भतिजीलाई वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । करिब एक महिना बसेर ति युवा सर्लाही फर्किए । बालिकाले पनि आफूमाथि भएको घटना लुकाईन। परिवारले वालकामाथि त्यस्तो होला भनेर सोचेनन् र पेट वढेको विषयमा पनि जानकारी राखेनन् ।

तर, भदौको अन्तिम साता वालिकाले पेट दुख्यो भनेपछि उनलाई अस्पताल पुर्याउँदा मात्रै घट्नाको रहस्य खुल्यो ।

पीडित परिवारले गत भदौ २९ गते कास्की प्रहरीमा हाडनातामा जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेको छ। उनलाई हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

विशेष