News Breaking News अर्थ मुख्य समाचार ताजा खबर देश राजनीति संघीय समाचार

एकै दिनमा फेरि तातोपानी नाका बन्द

एकै दिनमा फेरि तातोपानी नाका बन्द

काठमाडौं । व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ। नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ ।

शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो ।

कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन,’ उनले भने ।

विशेष