News

कर्मचारी आत्महत्या प्रकरणः मदन भण्डारी स्मृति प्रतिष्ठानका विद्यार्थी आन्दोलित

कर्मचारी आत्महत्या प्रकरणः मदन भण्डारी स्मृति प्रतिष्ठानका विद्यार्थी आन्दोलित

झापाको दमक स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारीले आत्महत्या गरेको विषयमा आक्रोशित भएका विद्यार्थीले विहिवारदेखि आन्दोलन सुरु गरेका छन् ।

प्रतिष्ठानद्वारा संचालित शैक्षिक कार्यक्रमका बिद्यार्थीहरुले बिहीबार प्रतिष्ठानको मुख्यालय परिसरमा नाराजुलुस गरेका छन् । प्रतिष्ठानका अध्यक्ष, कार्यकारी निर्देशक बिरुद्व नारा लगाउदै आत्महत्याको निष्पक्ष छानविन हुनु पर्ने विद्यार्थीले माग गरेका छन् ।

हातमा प्लेकार्ड सहित जम्मा भएका विद्यार्थीले शैक्षिक माफीया मुर्दावाद, पिडीत परिवारलाई न्याय देउ, तानाशाही प्रशासन मुर्दावाद लगायतका नारा लगाएका छन ।

प्रदर्शकै क्रममा विद्यार्थीहरु मृतकको कर्मचारीको उर्लाबारी–५ डिबीमार्ग स्थित घर पुगेका थिए । उनीहरुले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलनलाई जारी राख्ने वताएका छन् ।

सो शिक्षालयको लेखा तथा प्रशासन शाखाका प्रमुख दाहालले चार दिन अघि शिक्षालयको कक्षा कोठामा झुण्डीएर आत्महत्या गरेका थिए । प्रतिष्ठान प्रशासनले कर्मचारीको निधनको कारण जनाउदै असोज २४ गते सम्म सवै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कर्मचारीको आत्महत्या प्रकरणमा वुधवार प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका नेता गुरु वरालमाथि हातपात समेत भएको थियो ।  उनी माथि प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख दाहललाई आत्महत्या गर्न वाध्य पारेको आरोप लागेको छ ।

र यो पनि हेर्नुहोस 

नेकपा नेता गुरु वरालमाथि आत्महत्या दुरुत्साहनको आरोप, आक्रोसित समुहद्वारा हातापात

विशेष